
बीमा प्राधिकरणका कर्मचारीहरुले सुरु गरे हड्ताल कार्यक्रम, उठाए विभिन्न मागहरु



काठमाडौं । बीमा प्राधिकरणका कर्मचारीहरुले सुरु हड्ताल कार्यक्रम सुरु गरेका छन् । उनीहरुले आफ्ना विभिन्न मागहरु सम्बोनधन हुन बाँकी रहेको भन्दै सो कार्यक्रम सुरु गरेको सुनाएका हुन् ।
उनीहरुले उठाएको मागको बारेमा प्रशासनले भने हालसम्म केही बोलेको छ्रन । तर, विभिन्न मागहरु उठाएका कर्मचारीहरु चरणबद्ध रुपमा आफ्नो अधिकारका लागि लडिरहने सुनाउँछन् ।
यस्तो छ उनीहरुको मागहरु
१. प्राधिकरणको मिति २०८२ जेठ १२ र १६ गते संचालक समितिबाट स्वीकृत भई मन्त्रालय गएको सेवा सुविधा तथा नयाँ दरबन्दी (नयाँ संगठन संरचना) सहितको प्रतिवेदन लागु गर्ने तथा सो पश्चात मात्र पदपूर्तिको कार्य अगाडी बढाउन पर्ने।
२. बीमा अत्यन्त प्राविधिक विषय भएकोले गर्दा माथिल्लो पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्दा संस्थाको आवश्यकता अनुरुपको जनशक्ति उपलब्ध नहुने हुँदा कर्मचारी विनियमावली संशोधन गरी उपनिर्देशक पदमा आन्तरिक प्रतिस्पर्धा तथा का.स.मू. प्रक्रियाबाट मात्रै पदपूर्ति गर्ने।
३. कर्मचारी विनियमावलीमा प्राविधिक र प्रशासन समूह स्पष्ट नहुँदा निकट भविष्यमा यसले समस्या तथा विवाद सिर्जना गर्न सक्ने अवस्था भईसकेको हुँदा सो विषयहरुलाई समयमै समाधान गर्ने, प्रदेश सरुवा तथा भौगोलिक अङ्कको व्यवस्था लाई समेत स्पष्ट पारी नीतिगत व्यवस्था गर्नुपर्ने।
४. कर्मचारीहरुको सिक्ने अवसर, क्षमता विकास, कार्यवातावरण सुधार तथा कर्मचारीहरुको गुनासो सुनुवाई तथा मनोबल वृद्धि जस्ता कर्मचारी विनियमावलीमा भएको कर्मचारीसंग सम्बन्धित विषय (तालिम, मनोनयन, सरुवा, सुझाव पेटिका) मा तथा भविष्यमा कुनै पनि किसिमको विवाद सिर्जना हुन नदिनका लागि कर्मचारीहरुको प्रतिनिधित्व हुनेगरी सिफारिस समितिको आधारमा मात्र हुने व्यवस्था गरिनुपर्ने।
५. निर्देशक पदमा अधिकतम सेवा अवधी (अबउ) को व्यवस्था गर्नुपर्ने ।
६. प्राधिकरणको उत्तराधिकारी योजना बनाई यथाशिघ्र लागु गर्ने व्यवस्था मिलाउनुपर्ने।
७. प्राधिकरणको संस्थागत सुधार तथा विकासका लागि अन्तराष्ट्रिय स्तरका संस्था मार्फत रिइन्जिनियरिङ गर्नुपर्ने।
सोही मागका लागि उनीहरु एकभई आन्दोलित भएको बुझिएको छ ।

