यसकारण तपाईको पैसा खाएर भाग्दैनन् बीमा कम्पनीहरु,यस्तो छ कारण
काठमाडौं । अहिले पनि सर्वसाधारणमा एउटै कुरा खट्कीने गरेको छ । त्यो हो, कुन कम्पनीमा बीमा गराउँदा राम्रो होला ? या भनौ बीमा गराएपछि स–साना कम्पनीहरुले पैसा फिर्ता गर्न कतै आनाकानी त गर्ने होइनन् ? तर, यसमा हामीले बुझ्नै पर्ने कुरा के छ भने बीमा कम्पनीहरु पनि यही ऐन,संविधान, कम्पनी रजिष्ट्रार कार्यालयको कम्पनी ऐन, उनीहरुको बोर्डलाई टेकेर निर्माण गरिएका हुन्छन् र ऐनद्धारा बाँधिएका हुन्छन् । भन्नुको मतलब एउटा निश्चित बाटोमा रहेर नै उनीहरुले भुक्तानी तिर्नु पर्ने हुन्छ ।
बीमा कम्पनी टाँट पल्टे पनि बीमितको रकम नडुब्ने
अब बीमा कम्पनीहरु आफै टाँट पल्टेको अवस्थामा पनि उनीहरुलाई जोखिम धारण गरिसकेका नागरिकहरुको रकम भुक्तानी (फरफारक) नगरीकन सुख हुँदैन । भनाईको मतलब तपाईले ठूलो चुक्तापुँजी भएको शिखर इन्स्योरेन्समा, नेपाल लाइफमा बीमा गर्नु होस् वा सानो चुक्तापुँजी भएको गार्जियन माइक्रो लाइफ, ट्रस्ट माइक्रोमा बीमा गर्नु होस् तपाईको लगानी एकदमै सुरक्षित हुन्छ । सुरक्षित यस कारण हुन्छ कि यदी तपाई हामीलाई बीमा गराएपछि पनि बीमा कम्पनीहरुले आफूले आँकलन गरेभन्दा वा उनीहरुको पूर्व अनुमानभन्दा अत्यन्तै धेरैको जोखिम परे पनि उनीहरुलाई दाबी भुक्तानी नगरी छुट् छैन । डुब्न लगेको बीमा कम्पनीहरुलाई बीमा प्राधिकरणले टेक ओभर गर्छ र त्यस्तो दयनिय अवस्थामा पनि उनीहरुले आफूले धारण गरेको बीमाका कुनै पनि जोखिम बापतका रकम तिर्नै पर्छ ।
कानुनत नै उनीहरुलाई आफ्नो दायित्व भुक्तानी गर्न नसक्ने अन्तिम अवस्थामा लिक्विलेसन जानु पर्ने व्यवस्था छ । त्यसरी लिक्विडेसनमा जानु अघि आफ्ना पुराना दायित्व अनिवार्य रुपमा फरफारक गर्नु पर्ने व्यवस्था ऐनले नै गरेको छ । यसरी हेर्दा दुई वटा कुरा बुझन् सकिन्छ । एउटा भनेको कसैले बीमामा लगानी गर्यो, चाहे त्यो सानो वा ठूलो जुनसुकै कम्पनी भए पनि उसले जे प्रयोजनका लागि बीमा गरेको थियो त्यो पाउँने नै भए । त्यसमा कुनै दुईमत नै रहेन । यसमा जोडिएको अर्को रोचक पक्ष भनेको बीमा कम्पनीले पनि बीमाशुल्क (प्रिमियम) पाउँने आशामा जुनसुकै बीमा अन्दाधुन्द लिन पाउँदैनन् । उनीहरुले आफूले लिएका जोखिमको प्रकार कस्तो हो र त्यो तिर्नका लागि आफुहरु कतिको सक्षम छन् भन्ने कुराको एकएक गणितीय शुत्रद्धारा पाई पाई हिसाब निकाल्नु पर्छ । त्यसरी हिसाब निकाल्दा एकातिर बीमितले गरेको लगानी सुरक्षित हुने र अर्को भने कम्पनीलाई पनि फाइदा हुने देखिन्छ । कम्पनीलाई हुने फाइदा भनेको उनीहरुले पनि वित्तीय पारदर्शीतालाई आत्मसाथ गर्दै काम गर्न पाउँछन् ।
बीमा कम्पनी ठूलो वा सानो जस्तो भए पनि दाबी दिनै पर्छ
ठूलो बीमा कम्पनीमा बीमा गर्दा राम्रो वा सानो कम्पनीमा बीमा गर्दा कम फाइदा हुने वा कम्पनी नै जोखिममा पर्ने हो कि भन्ने कुरा चाही सत्य होइन । यदी तपाईलाई सगरमाथा मन पर्छ भने सगरमाथाकै नाम जोडिएको बीमा कम्पनीमा जान सक्नु हुन्छ फेरी शिखर नै मन पर्छ भने तपाईले शिखर नै जान सक्नु हुन्छ । तर, यसमा पनि फेरी तपाईले कुन बीमा गर्न लाग्नु भएको हो, त्यो बीमाको आवश्यकतता तपाईलाई कतिको छ र तपाईले किन्न लागेकै मिल्दोजुल्दो प्रोडक्ट तपाईलाई मन पर्ने कम्पनीमा छ त ? भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।
आज हामीले बीमा ऐनमा नै बीमा कम्पनीहरु बाँधिएका हुन्छन् । उनीहरुले नै नचाहिदो जोखिम उठाउदैनन् । बीमा कम्पनीले आफूलाई जहिले पनि आर्थिक सुचांकमा बलियो बनाउँन खोज्छन् भन्ने बारे जानकारी लियौं । त्यसरी कम्पनीले आफूलाई विभिन्न सूचांकमा आफूलाई जति अब्बल बनाउँछ त्यति नै त्यस्ता बीमा कम्पनीहरुले प्रतिफल, उनीहरु प्रतिको नागरिकको विश्वास अन्यको तुलनामा धेरै हुने गरेको पाइन्छ । यद्यपी यही नै हार्ड एण्ड फास्ट रुल हो भनेर हामीले दाबी गर्न खोजेको त होइन तर धेरै जनाले पत्याएका, ठूलो व्यापारको हिस्सा ओगटेका, पुराना कम्पनीहरुले पटक-पटक जनविश्वास जित्दै आएको कुरा सत्य हो । सोही कारण आफ्नो आवश्यकता अनुसार नयाँ कम्पनीले आफ्नो जोखिम सुहाउँने प्रोडक्ट ल्याएका छन् भने नयाँमा अनि पुरानाले नै वर्षौदेखि तपाईहरुलाई चाहिएको जस्तो प्रोडक्ट बेच्दै आएका छन् भने त्यही कम्पनीमा तपाई हामीले बीमा गर्न सक्छौं ।
यसमा मुख्य कुरा के हो भने नेपाल बीमा प्राधिकरणबाटै तोकिएको जीवन बीमाको न्यूनतम चुक्तापुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी भइसकेको बेलामा ती कम्पनीहरुले पनि नागरिकको विश्वास जित्नलाई नै काम गरिरहेका हुन्छन् भन्ने कुरा कसरी गलत होला र । एक त उनीहरुलाई व्यवसाय गर्नु छ त्यो पनि यही बसेर र यहीका नागरिकहरका २० औं वर्षका जोखिम धारण गरेर । सोही कारण बीमा गर्दा बीमा कम्पनीको बारेमा त बुझ्न जरुरी छ नै त्यो भन्दा पनि हामीले कुन बीमा गर्नु आवश्यक छ भन्ने कुरा बुझ्न बढी अपरिहार्य देखिएको छ । अझ उनीहरुले हामीबाट लिएको जोखिमको फेरी बीमा स्वदेशी विदेशी बीमा कम्पनीसँग पुनर्बीमा गर्ने भएकाले हाम्रो भवितव्यमा उनीहरुलाई रकम तिर्न त्यति धेरै कठिनाई पर्दैन् । बीमा सिद्धान्त पनि यही नै हो । धेरै जनाबाट थोरै शुल्क उठाउने र जस्लाई आपत पर्छ त्यही जम्मा भएको रकमबाट पिडीतलाई तिर्ने हो । हो बीमाको विश्वव्यापी अवधारणा नै हो । विगतमा गुठी वा समाजसेवाबाट नै हालको बीमा व्यवसाय उदीयमान भएको पाइन्छ । बीमाका जानकारहरुले पनि नेपाल बीमा प्राधिकरणले दिने तालिमहरु सोहीकुराहरु हाइलाइट तथा उजागर गर्ने गरेका छन् । विश्वमा बीमाको दावि भुक्तानी नतिरेर होइन सकेसम्म बीमितको पैसा तिरेर र उनीहरुबाट बढीभन्दा बढी विश्वास आर्जन गरेर नै बीमा कम्पनीहरु शक्तीशाली र लोकप्रिय भएको विश्व बीमा इतिहास साक्षी रहेको देखिन्छ ।
बीमा साक्षरता विशेष : (बीमा दर्पण डटकम) मिरोर अफ इन्स्योरेन्स