
तारागाउँ रिजेन्सी होटल्सको साधारणसभा पुस २३ गते



काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले आफ्नो २९ औँ साधारणसभा पुस २३ गतेका लागि बोलाएको हो ।
उक्त साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्नेछ । सभा पुस २३ गते, बुधबार, नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले नगद लाभांश (करबाहेक) वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ७ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

