
ग्रीन डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा



काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।
मंसिर १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ८.०३९६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२३१४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

