
नेप्से परिसूचकमा गिरावट

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घट्न पुगेको छ। आज नेप्से परिसूचक २०.५६ अंकले घटेर २५४४.५९ बिन्दुमा पुगेको हो ।
यता, सोही दिन सेन्सेटिभ इण्डेक्स ३.३३ अंक घटेको बेलामा फ्लोट इण्डेक्स १.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०९ अंक घटेको हो।
त्यस्तै, नेप्से घटेको दिनमा पनि कारोबार रकममा भने केही सुधार देखिएको छ। हिजो ३ अर्ब ६२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा बुधबार ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको नेप्सेले देखाउँछ ।
सोही दिन १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको बेलामा १२ उपसमूहको परिसूचक घटेको तथा ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार हुन पुगेको हो।
पछिल्लो समय सेयर बजारको हलचलले आम लगानीकर्ताहरुमा ठूलो कौतुलहता समेत जगाउँदै आएको अवस्था छ ।


