
साना किसान विकास लघुवित्तको लाभांश प्रस्ताव

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको कात्तिक २६ गते बिहानै बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई लाभांश दिने निर्णय गरेको छ।
कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर तिर्न) समेत गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब हुने साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ। कम्पनीको कुल चुक्ता पूँजी ४ अर्ब ३१ करोड २६ लाख २१ हजार रुपैयाँ रहेको छ।


