
बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला ३ हजार १५ रुपैयाँमा आइपुगेको छ ।

