
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा २० करोड ३० लाख, अन्य सूचक कस्ता ?

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा बैंकको नाफा १५.१७ प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमासमा बैंकले २३ करोड ९३ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको थियो । चालु आवको सोही अवधिमा २० करोड ३० लाख ४१ हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा ६९ करोड ६४ लाख ७८ हजार रुपैयाँ रहेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता भने १५.२७ प्रतिशत रहेको छ ।
असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ६४ करोड ५२ लाख १ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ६५ करोड ८८ लाख ८० हजार रुपैयाँ रहेको थियो । यस्तै बैंकको सञ्चालन नाफा २९ करोड ५९ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ३५ करोड २० लाख ७९ हजार रुपैयाँ रहेको थियो ।
बैंकको इम्पेरिमेन्ट चार्ज १५ करोड ५३ लाख ८२ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १५ करोड ११ लाख ६८ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खराब कर्जा ३.५० प्रतिशतबाट बढेर ४.६१ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १६.६६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५४.६४ रुपैयाँ रहेको छ ।


