
माछापुच्छ्रे बैंकको नाफा ४१ करोड ७९ लाख

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
यो नाफा गत आवको सोही अवधिको तुलनामा बैकको नाफा १६.९५ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकको नाफा ५० करोड ३२ लाख ६३ हजार रुपैयाँ रहेको थियो ।
चालु आवको पहिलो त्रैमासमा बैंकको नाफा मात्रै नभएर खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि गिरावट आएको छ ।
बैंकको सञ्चालन नाफा ४०.१५ प्रतिशतले घटेर ५९ करोड ८४ लाख रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी १.६० प्रतिशतले घटेर १ अर्ब ४५ करोड ८९ लाख रुपैयाँ रहेको छ ।
बैंकको वितरणयोग्य नाफा ११ करोड ४२ लाख रुपैयाँ ऋणात्मक छ । बैंकको बैंकको पतिसेयर नेटवर्थ १५४.६० रुपैयाँ रहेको छ । १ खर्ब ९३ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले बैंकले १ खर्ब ४८ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
१२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ६८ करोड ३८ लाख रुपैयाँ छ । बैंकको खराब कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.१३ प्रतिशत पुगेको छ ।


