
ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब ८५ करोड, अन्य सूचकमा निकै प्रगती

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ग्लोबल आइएमई बैंकको नाफा २२.९१ प्रतिशतले बढेर १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।
गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ रहेको थियो । बैंकको वितरणयोग्य नाफा ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ रहेको छ ।
बैंकले खुद ब्याज आम्दानी ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४ अर्ब ११ करोड ८९ लाख रुपैयाँ रहेको थियो । चालु आवको तीन महिनामा बैंकको सञ्चालन नाफा १०.४३ प्रतिशतले बढेर २ अर्ब ३७ करोड १६ लाख रुपैयाँ पुगेको छ ।
बैंकको चुक्तापुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ छ ।
बैंकको खराब कर्जा ४.९८ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १९.५१ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७९.५० रुपैयाँ रहेको छ ।


