
सुदूरपश्चिममा सन नेपाल लाइफको कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मान र सबलीकरण सम्बन्धि कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
धनगढीको होटल फ्लोरामा एक भव्य कार्यक्रमको आयोजना गरी कम्पनीले सो प्रदेशका उत्कृष्ट ब्रान्च म्यानेजरसहितको सहभागितामा सक्रिय रही व्यवसाय गरीरहेका अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले सुदूरपश्चिममा रहेका अभिकर्ताहरुलाई विभिन्न बीमा पोलिसी, सन केयर लगायतका विषयमा तालिम समेत प्रदान गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कबि फुयालले सम्पूर्ण अभिकर्ताहरुलाई सम्मान प्रदान गर्दै प्रोत्साहन गरेका छन् । उनले अभिकर्ताहरुलाई जीवन बीमा र कम्पनीका व्यवसायीक रणनीति लगायतका विषयमा तालिम प्रदान गरेका छन् ।
साथै, कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले अभिकर्ताहरुलाई सन नेपाल लाइफको उत्कृष्ट राइडर सेवा ‘सन मेडिकेयर’का बारेमा तालिम प्रदान गरेका छन् । उनले एजेन्सीहरुलाई बीमालेख बिक्री गर्ने कलाबारे समेत तालिम दिर्दै एजेन्सीहरुलाई प्रोत्साहन गरेका छन् ।
कार्यक्रममा प्रदेशका विभिन्न जिल्लामा रहेका ब्रान्च म्यानेजर, एजेन्सीहरुको बाक्लो सहभागिता रहेको थियो । सहभागि तथा सम्मानित भएका एजेन्सीहरुले आउँदो दिनमा अझै बीमा व्यवसाय गर्न हौसला मिलेको प्रतिक्रिया दिएका छन् ।


