
असोज महिनासम्ममा बढ्यो आयात–निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्म आउँदा आयात तथा निर्यात दुवै बढेको छ । असोज मसान्तसम्म ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन अघिल्लो आवको तुलनामा १९.७९ प्रतिशत बढी हो । गत आवको असोजसम्म ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।
यस वर्ष असोजसम्म निर्यात व्यापार ७२ अर्ब ७८ करोड पुगेको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ८९.६४ प्रतिशत धेरै हो । गत आवको असोजसम्म ३८ अर्ब ३७ करोड रुपैयाँको मात्र वस्तु निर्यात भएको थियो ।
असोजसम्म व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबर रहेको छ । जुन अघिल्लो आवको तुलनामा १२.१८ प्रतिशतले धेरै हो । गत आवमा ३ खर्ब ५२ अर्ब रुपैयाँ व्यापार घाटा थियो ।
अन्तर्राष्ट्रिय व्यापारमा आयातको हिस्सा ४.९६ प्रतिशतले खस्किएर ८६.५४ प्रतिशत कायम भएको छ । निर्यातको हिस्सा ५०.४७ प्रतिशतले बढेर १३.४६ प्रतिशत कायम भएको भन्सार विभागको तथ्यांक छ । असोजमा मात्र १ खर्ब ६३ अर्बको आयात भएको छ । २५ अर्बको निर्यात भएको छ ।


