
मन्त्रिपरिषद् विस्तार हुँदा डा. गौतम र गुप्ताको शपथ सम्पन्न

काठमाडौं । जेनजी आन्दोलनबाट बनेको सरकारमा दुुई जना मन्त्री थपिएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा बनेका दुई मन्त्री डा. सुधा गौतम र बब्लु गुप्ताले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएका हुन् ।
डा. गौतमलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


