
छठको अघिल्लो दिन गढीमाई मन्दिर परिसरमा सरसफाई गरिदै

काठमाडौं । मुख्य गरी तराई लगायत देशका विभिन्न स्थानमा व्यापकताका साथ मनाईने छठ पर्वको केही रौनक सुरु भइसकेको छ । सोही बेलामा कतिपय स्थानहरुमा छठका घाटहरु श्रृगार्नेदेखि विभिन्न तयारीहरु भइरहेको देखिन्छ ।

यस्तो बेलामा बाराजिल्लाको बरियारपूरमा अवस्थित गढीमाई मन्दिर परिसरमा समेत व्यापक रुपमा सरसफाई गरिएको अवस्था छ ।
देश विदेशका भक्तजनहरुको घुँइचो लाग्ने उक्त चर्चित शक्तीपीठमा श्रृगार्ने, बढार्ने सजाउने लगायतका क्रियाकलापहरु संचालन भइरहेका छन् ।
गढीमाईलाई भाकल पूरा गर्ने देविको रुपमा समेत चिन्ने गरिन्छ । आफ्ना ठूला संकटमा सोही माताको नाम पुकार्दा भक्तजनहरुले मुक्ती पकाएको भन्दै उनलाई भोग दिने गरेका छन् । नेपालका आयोजना हुने धार्मिक मेलाको नाममा गढीमाई मेला समेत अग्र-स्थानमा आउने गर्छ ।





