


संसद् विघटनविरुद्ध सर्वोच्चमा रिट




काठमाडौं । सर्वोच्च अदालतमा संसद् विघटनविरुद्धको रिट पेस भएको छ । मंगलबार बिहान संसद् विघटनविरुद्ध रिट दायर भएको हो ।
मंगलबार बिहान सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरूद्ध रिट परेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।उनका अनुसार सरकार असंवैधानिक रहेको भनेर एउटा र प्रतिनिधि सभा विघटनविरूद्ध दुइटा रिट परेको छ।
जेनजी आन्दोलनपछि नयाँ प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरेर फागुन २१ मा मध्यावधि निर्वाचन घोषणा गरेका छन् । सबै रिट अध्ययनका क्रममा रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।