


बोनस दर निर्धारण सीईओको हातमा हुँदैन, बीमा प्राधिकरणको फ्युचर बोनस प्रोभिजकै धक्का




काठमाडौं । कुनै पनि जीवन बीमा कम्पनीको बोनस दर कति राख्ने ? भन्ने कुरा त्यहाँका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को हातमा निर्भर हुँदैन । कारण, बोनस दर निर्धारणका लागि कम्पनीको सम्पूर्ण बास्तविक वित्तीय अवस्था र त्यसलाई एक्चुरीले गर्ने मुल्यांकनमा निर्धारण हुने गर्छ ।
मानौ, यदी सीईओले बोनस दर निर्धारण गर्ने भए हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरु छन् । उक्त कम्पनी सबैमा सीईओहरु नियुक्त भएका छन् । अब हालसम्म पनि नेपालमा बोनस दरकै आधारमा बीमालाई बिक्री गर्ने गरिन्छ । यद्यपी नेपाल बीमा प्राधिरकणले समेत बीमालाई बजारीकरणको रुपमा मात्र नभई सेवाको रुपमा मतलब बेच्न मात्र नभई त्यसले वास्तविक रुपमा बीमितको जोखिम बहन गरे नगरेको कुरामा ध्यान दिन समेत सचेत गराउँदै आएको अवस्था छ ।
अब यदी सीईओले बोनस दर निर्धारण गर्ने हो भने त्यसमा कुनै पनि कम्पनीका सीईओले आफ्नो कम्पनीको बोनस सबैभन्दा धेरै भएको हेर्न रुचाउने गर्थे । कुनै पनि कम्पनीका कार्यरत सीईओलाई समेत सोही कम्पनीको संचालक समितिबाट निश्चित टार्गेट दिइएको हुन्छ । उनीहरुले समेत आफना व्यवसायीक रणनीति र नयाँ प्लानका बारेमा आफू आवद्ध कम्पनीमा सपथ खाएका हुन्छन् ।
अब नेपाली बीमा बजारमा एउटा ट्रेण्ड देखिएको छ । बीमालाई बुझ्ने मान्छेले नै बोनस दर घट्न हुँदैन भन्दै आएका छन् भने यही समयमा नेपाल बीमा प्राधिकरण नेपाली बीमा क्षेत्रको (हेड अफिस) सो विषयमा नालायक देखिन्छ । कारण, आफैले फ्युचर बोसन प्रोभिजन अघि सार्छ र फेरी सोही प्रोभिजनको प्रभाव धान्न वा त्यसबाट बजारमा आएका समस्या समाधान गर्न व्याक सर्छ ।
के हो त फुयुचर बोनस प्रोभिजन ?
अहिले नेपाल बीमा प्राधिकरणले सबै जीवन बीमा कम्पनीहरुमा फुयुचर बोसन प्रोभिजन लागू गरेको अवस्था छ । त्यस्तो प्रोभिजनको अर्थ भविष्यका लागि कम्पनीहरुले आफ्नो बोनसको व्यवस्थापन वा जोगाड गर्नु पर्छ भन्ने छ । त्यसरी बोनसको जोगाड गर्नुको एक मात्र उदेश्य कुनै पनि जीवन बीमा कम्पनीहरुले बीमितलाई दिने बोनसका एकरुपता आओस् भन्ने हो । भनाईको मतबल यो वर्ष प्रतिहजार ७० का दरले बोनस दिइएको छ भने अर्को साल उनीहरुले ६५ दिउन वा ७५ दिउन त्यो ठिक छ । तर, एक पालि ७० दिने अर्को पालि ४० मा खस्किने नहोस् भन्ने हो ।
अब भयो के भने, बीमा प्राधिकरणले भर्खर मात्रै यो व्यवस्था लागू गरेको छ । केही वर्ष अघि मात्रै ल्याइएको यो अवधारणा हालसम्म पनि पाइलटिंगकै अवस्थामा छ भन्दा फरक नपर्ला । कारण, जस्ले यो व्यवस्था ल्याएका हुन वा सदर गरेका हुन् भोलि यसबाट पर्ने प्रभावमा ती अधिकारीहरु जिम्मेवार छन् कि छैनन् भन्ने महत्वपूर्ण कुरा हो । किनभने अहिले नेपाल बीमा प्राधिकरणमा नयाँ नेत्तृत्व आएको छ । सो नेत्तृत्वले पुराना नेत्तृत्वले ल्याएका कतिपय योजनाहरुलाई ठिक हो भनेर कि त समर्थन जनाउनु पर्छ होइन भने उनीहरुले अर्को नयाँ निर्णय बजारमा पस्किन सक्नु पर्छ । यद्यपी यस्तो भएन भने बजारमा अभिकर्ताहरुमा असन्तुष्टि जाग्ने, कम्पनीको व्यवस्थापनलाई काम गर्न असहज हुने र त्यस्को तालमेल मिलाउने बेलामा बीमा प्राधिकरणले आफैले अब्बल भनेर टर्म माथि टर्म थप्दै आएका सीईओहरु रिटायर्ड र बीमा क्षेत्रमा लामो समयदेखि उच्च योगदान पुर्याएको कदर पाउनुको साटो बीमा क्षेत्रबाटै बाहिरिनु पर्ने माहोल सिर्जना भएको छ ।
अब सिधैं उदाहरण लिउ हिमालयन लाइफको
हिमालयन लाइफका अभिकर्ताहरुले आफ्नो बोनस दर घट्न हुन्न भन्ने माग अघि बढाए । हामीले सो माग जायग छैन भन्दैनो । किनभने कुनै पनि अभिकर्ताले बेच्ने बीमालेख, बीमा पोलिसी नै हो । त्यस्तो पोलिसी बेच्न या भनौ फोर्स सेलिंग गर्न उनीहरुले उच्च बोनस दरलाई मुख्य अस्त्र मान्नु पर्ने बाध्यात्मक अवस्था छ । यस्तो बेलामा सो परिस्थीति किन सिर्जना भयो भन्दा कुनै पनि सीईओको कारणले नभई नियाक निकायको मागदर्शन समेत यसमा भागिदार हुने कि नहुने भन्ने कुरा मुख्य हो ।
यसलेखको अर्थ के हो भने हामीलाई हिमालयन लाइफका को सीईओ आए भन्नेमा पट्क्टै चर्चा छैन, या को गए भन्नेमा पनि । तर, नेपाली बीमा क्षेत्रमा हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुको एक प्रतिबिम्ब मात्र हो हिमालयन लाइफ इन्स्योरेन्स । अब ढुक्नु हुनुस् अधिकांश मर्जरमा गएका जीवन बीमा कम्पनीहरु र तीनका कार्यशैली पनि हिमालयन लाइफ भन्दा खास भिन्न छैन ।
हामी यो पनि दावाका साथ भन्न सक्छौं कि छिट्टै नेपाल बीमा प्राधिकरणले पोस्ट मर्जर छलफल छचाओस् । बीमितको सन्तुष्टि मापन गर्ने संयन्त्र तयार गरोस् । यस्ता कुनै पनि कम्पनीका अभिकर्ता वा सर्भेयरहरुमा आएका चरम निराशालाई बिस्पोट हुनुभन्दा पहिले नै बीमक संघहरुले समेत सम्बोधन गर्न सकुन् । यद्यपी भोलिका दिनमा यही परिस्थिती अन्य जीवन बीमा कम्पनी र तीनका सीईओहरुले व्यहोर्नु नपरोस् । कुने पनि अभिकर्ताहरुले बीमाको फ्रन्ट डोर बनेर आफू आवद्ध कम्पनीको मुख्य खम्बाको रुपमा काम गर्दै गर्दा उनीहरुले आफैले बेचको बीमामा बोनस कम छ भन्ने लगायतका आफैलाई व्याक फायर हुने, आफ्ना रोजीरोटीलाई नै दाउमा राखेर आन्दोलित हुनु पर्ने निराशाजनक अवस्थाको सदाको लागि अत्य होस् ।
यद्यपी एउटा सत्य चाही के हो भने कुनै पनि कम्पनीको विगत, वर्तमान र भविष्यको आँकलन गर्दै त्यसको गणितियदेखि अन्य रणनीति, व्यवसायीक अवस्थाको लेखाजोखा गर्ने हात एक्चुरीमा हुन्छ । एक्चुरीलाई नेपालीमा बीमांकी भनिन्छ । उनीहरु बीमा कम्पनीहरुको वार्षिक र २० औं वर्षका जोखिम आँकन गर्ने व्यक्तीहरु हुन् । एक्चुरी स्वतन्त्र हुनुपर्छ । उनले स्वतन्त्र रुपमा गरेका निर्णय सबैले मान्नु पर्छ । यद्यपी कुनै पनि बीमा कम्पनीको बोनस दर फ्युचर बोनस प्रोभिजनकै कारण हेरफेर हुन्छ भने सो कुरा नियामक निकाय नेपाल बीमा प्राधिकरणले आफूले लाइसेन्स बाढेका सबै अभिकर्ताहरुलाई त्यसको उचित प्रशिक्षण सहि जवाफ समेत दिनु पर्ने हुन्छ ।