


नेपाल भारत उद्योग वाणिज्य संघको उपाध्यक्ष बने कुणाल केयल




काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को उपाध्यक्षमा कुणाल केयल नियुक्त भएका छन् । कुणाल केयालले निक्की भित्र नेतृत्वदायी भूमिकामा बिगत ५ बर्षको अनुभव हासिल गरेका छन् । उनले अघिल्लो कार्यसमितिमा संघको कोषाध्यक्षको रूपमा सेवा गरे । उनको नियुक्ति नेपाल–भारतबीचको व्यापार, लगानी र औद्योगिक वृद्धिमा द्विपक्षीय सहकार्य सुदृढ हुने जनाइएको छ ।
केयलको दक्षता र नेतृत्वले लगानी, व्यापार, पर्यटन, ऊर्जा र जलविद्युत, पूर्वाधार, सेवा, मानव संसाधन, सूचना प्रविधि तथा प्रविधि हस्तान्तरण प्रवद्र्धन गर्न समर्पित द्विपक्षीय चेम्बरको रूपमा, निक्कीको उद्देश्य पूरा गर्न योगदान मिल्ने अपेक्षा रहेको जनाइएको छ । पेशाले चार्टर्ड एकाउन्टेन्ट रहेका केयल औद्योगिक तथा व्यापारिक समूह केयाल ग्रुपका निर्देशक हुन् । केयाल ग्रुपले उत्पादन, निर्माण सामग्रीको व्यापार, जलविद्युत तथा सौर्य ऊर्जा, रियल स्टेट, बैंकिङ तथा बीमा, पर्यटन, स्वास्थ्य सेवा लगायत विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरेको छ । साथै, उनी जोर्डनका लागि नेपालमा मानार्थ महावाणिज्यदूतको रूपमा समेत कार्यरत छन् ।
निक्कीको कार्यसमितिले मार्शल राठौरलाई निर्देशकमा पदोन्नति गरेको छ । राठौरले यसअघि उप निर्देशकको रूपमा सेवा गर्दै आएका थिए । उनी बिगत २४ वर्षदेखि निक्कीसंग आबद्ध छन् ।