राजधानीस्थित ज्याबहालमा नेशनल लाइफको एजेन्सी कार्यालय सुरुवात
काठमाडौं । पुरानो तथा ठूलो जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्सले राजधानीस्थित लगन ज्याबहालमा एजेन्सी कार्यालयको सुरुवात गरेको छ । सो उद्घाटन सत्रमा नेशनल लाइफ बागमति प्रदेश प्रदेश प्रमुख जयराम धितालले प्रमुख आतिथ्य गरेका थिए भने बरिष्ठ व्यवसाय प्रबन्धक दिपक कुमार बरालले सभापतित्व गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका क्षेत्रीय प्रबन्धक सुबोध थापाले उद्घाटन गरे भने कम्पनीका बागमति प्रदेश प्रमुख धितालले जीवन बीमालाई शहरका भित्री भागसम्म पहुँच बृद्धिमा नयाँ एजेन्सी कार्यालयले भूमिका खेल्ने लगायतका अभिव्यक्ती दिए। त्यस्तै, उनै धितालले बरिष्ठ व्यवसाय प्रबन्धक दिपक बरालले सिन्धुलीदेखि काठमाडौंसम्मको यात्रा र जीवन बीमा व्यवसायमा गरेको प्रगतिको प्रसंशा गर्दै सफलताको बारेमा पनि कार्यक्रममा चर्चा गरेका थिए ।
सोही कार्यक्रममा प्रशान्त कपाली, जयराम बिँडारी, सरिता महर्जनले शुभकामना मन्तव्य दिएका हुन् ।