


गुराँस लघुवित्तले घोषणा गर्यो लाभांश




काठमाडौं । गुराँस लघुवित्तले लगानीकर्ताहरुलाई आर्थिक वर्ष २०८१।८२ को नाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीका अनुसार लघुवित्तको असोज ८ गते बसेको संचालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
सार्थै, नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने जनाइएको हो।