


जेनजी आन्दोलने पारेका क्षतीको पुनर्निर्माण गर्न कोषकाे सहयोग पर्खेर बस्दैनौंः अर्थमन्त्री




काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका कारण क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोषको सहयोग नकुर्ने बताएका छन् । भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
उनले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने दायित्व सरकारकै भएकाले तत्काल गर्नुपर्ने पुनर्निर्माणको काम सरकारकै बजेटबाट हुने बताए । ‘हामीले पुनर्निर्माण कोषको सहयोग आउला र पुनर्निर्माण गरौंला भनेर पर्खेर बस्दैनौं । सरकारी बजेटमै पुनर्निर्माण अघि बढ्छ,’ उनले भने ।
उनले सरकारले सिंहदरबाभित्रका क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण सुरु भएको समेत बताए । ‘केही प्रहरी कार्यालय र सरकारी भवनहरुको पुनर्निर्माण सुरु भइसकेको छ,’ उनले भने ।