
काठमाडौं । भक्तपुरको बालकोटमा गोली लागेर दुई जना घाइते हुन पुगेका छन् ।
जेनजी प्रदर्शनकारीहरु प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटमा रहेको निवासतर्फ जाने क्रममा सो गोली चलाइएको हो ।
हिजो मात्रै सरकारले गोली चलाउन आदेश दिएको भन्दै आज आन्दोलन चर्किएको अवस्था छ ।