
१९ युवाले प्राणको आहुती दिएपछि सामाजिक संजाल खुला गर्ने सरकारको निर्णय

काठमाडौं । केही दिनदेखि प्रतिबन्ध लागेको समाजिक संजाल सरकारले फेरी सुचारु गरेको छ । सोमबार साँझ सुरु भएको मन्त्रिपरिषद् बैठकले सामाजिक संजाल खुला गर्ने निर्णय गरेको हो ।
सो जानकारी सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले दिएका हुन् ।
यद्यपी यसअघि सकेसम्म करको दायरामा ल्याएर नै साामजिक संजाल खुला सहमति भएको थियो ।
एक्कासी बन्दा भएको सामाजिक संजालको ठूलो प्रभावले युवाहरुमा प्रत्यक्ष प्रभाव पारेसँगै सरकारले आफ्नो पुरानो निर्णयमा हेरफेर गर्न तयार भएको हो ।


