

जेनजी आन्दोलनका घाइतेलाई विराट मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने




काठमाडौं । सोमबार भएको देशव्यापी प्रदर्शनमा दर्जनौ युवाहरुले ज्यान गुमाए भने करिब साढे ३ सय युवाहरु घाइते भए । पछिल्लो समय सरकारले प्रतिबन्ध लगाएको सामाजिक संजाल र देशमा व्याप्त भष्टाचार विरुद्ध उनहिरुले मुख्य नारा राखेका छन् ।
ठीक यही समयमा बिराटनगरस्थित विराट मेडिकल कलेजले आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत त्यस्ता बिरामीहरुको कुनै शुल्क नलिइ उपचार गर्ने बताएको छ । मेडिकल कलेजले सोमबार साँझ एक विज्ञप्ती जारी गर्दै त्यस्तो जानकारी दिएको हो ।
यससँगै पूर्वी नेपालमा यस विषम परिस्थितीबाट गुज्रिएका कैयौं यूवाहरुले एकसाथ अस्पतालको सेवा तथा उपचार पाउँने विराट प्रशासनले जनाएको हो ।
यस्तो छ अस्पतालको विज्ञप्ती :