

सामाजिक संजाल माथिको प्रतिबन्ध कायमै राख्ने प्रधानमन्त्री ओलीको निर्णय




काठमाडौं । सोमबार सामाजिक संजालमा प्रतिबन्ध भएकै कारण ठूलो जनधनको क्षती भएको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको जारी प्रतिबन्ध फुकुवा नगर्ने निर्णय सुनाएका छन्।
आज साँझ बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथिको जारी प्रतिबन्ध फुकुवा गर्नु वेश हुने बताए ।
सोही बेलामा यता, प्रधानमन्त्री ओलीले सही निर्णयबाट व्याक नहुने अडान प्रस्तुत गरेका हुन्।
पहिलो दिनमा नै जेनजीको आन्दोलनमा धेरै कलिला युवाहरुले अनाहकमा ज्यान गुमाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । देशव्यापी रुपमा सरकारी कार्यालय, पार्टी कार्यालय, राजनैतीक अड्डाहरु झोला बोकेर विद्यालय हिडेका युवाहरुलाई समेत नुन चर्को तरकारी जस्तो अपाच्य बनेको बुझन् सकिन्छ ।
यस्तो बेलामा सरकारले आन्दोलाई थप शान्त बनाउँन, पिडीतहरुलाई राहात दिन र जनभावना अनुसार केही निर्णय गर्नु पर्ने झिनो आशामा समेत केही फरक नतिजा देखिएको छ । भलै सोही काण्डमा गृहमन्त्री रमेश लेखकले भने नैतिकताको आधारमा पदबाट राजिनामा दिएका छन् । राजिनामा दिने समयमा उनी समेत सामाजिक संजाल खोल्नु पर्ने पक्षमा पुगेका छन् ।
यता, कांग्रेस सभापति देउवाले समेत आन्दोलन चर्काउने भन्दा पनि युवाहरुको मनोवभावना अनुसार समाजिक संजाल खुला गर्ने बरु नियमनको बाटो अपनाउन सकिने सुझाव दिन सुरु गरेको बुझिएको छ ।
हाल, प्रधानमन्त्री ओली उल्टै स्वतन्त रुपमा स्वस्र्फुत रुपमा ज्यानको आफूती दिन खाली हात प्रहरिका हतियारसँग पौठेजोरी खेल्दै घाइते र लास बनिसकेको बेलामा जेनजीको आन्दोलनमा घुसपैठ भएको हुनसक्ने र अराजकता मच्चाउनेहरुको विद्धमा सरकार उभिने पक्षमा रहेको बुझिएको छ ।