

एक क्लिकमा बीमा : अबको आवश्यकता




जसरी हरेक क्षेत्रका आ-आफ्नै महत्वहरु छन् त्यसरी नै अर्थतन्त्रको एउटा महत्वपूर्ण पाटोको रुपमा बीमा क्षेत्र स्थापित छ । बीमाको राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय महत्व पनि छ । पछिल्लो समय बीमाको पहुँच बढ्दो क्रममा रहेको छ । बीमाले प्रत्यक्ष अप्रत्यक्ष विभिन्न क्षेत्रसँग सम्बन्ध राख्ने गर्छ । दाबी भुक्तानीलाई बीमाको मूल मन्त्रको रुपमा बुझ्न सकिन्छ । एक जना बीमितले बीमाको महत्व त्यति बेला महशुस गर्न पाउँछन् जति बेलामा उसलाई कम्पनीले तोकेको प्रतिफल समयमा नै दिएको हुन्छ ।
दाबी भुक्तानीको विषयमा बीमकहरु विगतको तुलनामा निकै सचेत भएको देखिन्छ । तर, पनि कहीकतै बीमाको दाबी भुक्तानीका सन्दर्भमा समस्याहरु उत्पन्न भइ नै रहेका छन् । यसमा बीमा कम्पनी, बीमित, नेपाल बीमा प्राधिकरण वा सभेर्यर एक्लै दोषि हुन सक्दैनन् । वास्तवमा बीमा के हो ? भन्ने चेतना नै कमी हुँदा बीमाको महत्व कहिलेकाही छाँयामा पर्न गएको देखिन्छ ।
राज्यले पाठ्यक्रममा बीमा शिक्षा राख्न ढिलाई गर्नु पर्ने कारण नै छैन
सर्वप्रथम राज्यले बीमाका बारेमा सहि जानकारी नागरिक समक्ष पुर्याउनु पर्छ । यो राज्यको दायित्व नै हो । बीमा क्षेत्रले नागरिकको जिउ, धनको सुरक्षण गर्ने मात्र नभई देशको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याउने गर्छ उक्त योगदानलाई हामीले नेपालको सन्दर्भमा मात्रै जोडेर हेर्नु पर्छ भन्ने छैन । बीमाको सुरुवात नै अन्तर्राष्ट्रिय स्तरबाट भएको र सोही अभ्यासहरु नेपालमा लागू गरिएकाले पनि बाहिर प्रचलनमा आएका तौल तरिकाहरु नेपालमा अपनाउने प्रयास गर्नुपर्छ ।
बीमा नितान्त आर्थिक पाटोसँग जोडिने भएकाले पनि यो बीमितकालागि दु:खको साथी हो भन्ने पनि गरिन्छ । जीवन बीमा गर्दा बीमितले लामो समयसम्म साथ पाउँछन् । यसको मतलब एक पटक बीमा गराएपछि लामो समयसम्म बीमासँग बीमित आवद्ध हुन्छन् । यता निर्जीवन बीमामा भने बीमितले छोटो अवधिको लागि बीमा गराउँछन् । उक्त बीमाको बीमाशुल्क जीवन बीमाको तुलनामा केही कम हुन्छ । निर्जीवन बीमा गराउँनु उदेश्य पनि बीमितले आफ्नो घर, गाडी, सामानमा क्षती पुग्यो भने एकमुस्ट रकम प्राप्त गर्न पाउँछन् भन्ने नै हो । यस्ता शिक्षा विद्यालय स्तरबाटै बुझाउँन सुरु गर्नुपर्छ । बीमाको सिद्धान्तले नै धेरै जनाबाट रकम जोगाएर क्षतीमा परेकालाई आर्थिक सहायता दिन्छ भन्ने छ भने बीमितले दाबी भुक्तानी पाउँन ढिलाई हुँदा प्रश्न समेत उठाउने गरेका छन् । बीमा कम्पनीहरुले पनि आफूहरु बीमितको सेवाकैलागि तत्पर रहेको बताउँने गर्छन् । तर, बीमाले जहिले पनि सम्झौतामा भएको सुविधामा मात्रै दिने भएकाले अधिकांश बीमितले बीमा सम्झौता बाहिरका सुविधामा पनि पाउँने आश गरेको पाईन्छ । त्यसकोलागि सबैभन्दा पहिला बीमा गर्ने र गराउँने दुवै पक्षले बीमितले तिर्नु पर्ने रकम र पाउँने सुविधाको बारेमा स्पष्ट पार्नु जरुरी छ ।
धेरै जसो बीमित कहाँ जाँदा मैले मागेको पैसा कम्पनीले किन दिएन भन्ने गुनासो पनि सुनिन्छ । तर, बीमा कम्पनीहरुले आफूहरुको पनि पुनर्बीमा हुने र पैसा दिन कुनै समस्या नहुने बताउँछन् । तर, सम्झौतामा भएका विषय वस्तुहरु बीमितले राम्रोसँग नबुझ्दा त्यसले ठूलो समस्या पार्ने गरेको देखिएको छ । सबैभन्दा मुख्य कुरा भनेको राम्रो नियतले काम गर्दा समस्या आउँने सम्भावना नै कम हुने गरेको देखिन्छ । कहिकतै गलत मनसायले समेत काम हुने गरेको र त्यस्तो अवस्थामा समग्र बीमा क्षेत्र दोषि देखिने गरेको छ । तर, अहिले सूचना प्रविधिको युगमा बीमा क्षेत्र प्रवेश गरि सकेको छ । यस्तो अवस्थामा बीमा क्षेत्रले पनि सरल र सहज सेवालाई जोड दिँदै वास्तविक दोषि जो छन् ठ्याक्कै दोषिलाई मात्रै कारबाहीको दायरामा ल्याउन जरुरी छ । यसमा गलत नियतले गरिएका बीमादेखि पाउँनु पर्ने भुक्तानी रोक्न गलत कदम कसैले चालेको छ भने त्यसमा कडाई गर्नु नियामकको दायित्व हो ।
बीमा क्षेत्र विगतको भन्दा निकै सुुधारको गतिमा गइ रहेको छ । बीमामा विकृती देखिनुको मुख्य कारण भनेको बीमालाई सहि रुपमा नबुझ्दा पनि समस्या आएको देखिन्छ । त्यस्ता समस्या समाधानकालागि सबैभन्दा पहिले यसमा राज्यले पनि बीमा शिक्षाकोलागि शिक्षा मन्त्रालयलाई नै सक्रिय बनाउँनु पर्ने देखिन्छ । यो विषय अहिले मात्रै नभई विगतमा पनि उठ्ने गरेको थियो । तर, नागरिकले बुझ्नु पर्ने बीमाको स्तरमा पने पर्याप्त सुधार हुन सकेको छैन ।
बीमालाई गाउँ गाउँमा केन्द्रित गर्न सम्बन्धित सबैले ध्यान पुर्याउनु जरुरी छ । एकातिर बीमा शहरमा मात्रै खादिँएको छ भने अर्को तिर बीमा गर्ने पैसा भए पनि बीमाको आवश्यकता बारेमा ग्रामीण तय अनविज्ञ देखिन्छ । सोही कारण यो समस्याको समाधान यथाशिघ्र जरुरी छ । त्यसकालागि सबै भन्दा पहिला बीमालाई विद्यालय तह देखि नै राम्रोसँग बुझाउनु जरुरी छ ।
बीमा र जोखिमको सम्बन्ध जब विद्यालय तहबाट नै बुझाउन सकिन्छ त्यसपछि यसको गहिराईमा उच्च शिक्षाका विद्यार्थीहरुलाई पनि समावेश गर्न सकिन्छ । बीमा गर्दा मात्रै नभई बीमाका बारेमा बुझ्दा पनि लाभ पाइने नागरिकहरुले अनुभव सुनाउँछन् । बीमा गर्दा बीमाले जोखिमको सुरक्षण गर्छ र बीमा बुझ्दा यसले शैक्षिक लाभ दिलाउँछ ।
सबैभन्दा पहिला सैद्धान्तिक रुपमा नै बीमाका बारेमा जनचेतना फैल्याउन जरुरी छ । त्यसपछि बीमालाई जबर्जस्ती भिडाउने भन्दा पनि बीमितले खोजेर, रोजेर अनि बुझेर बीमा गर्ने र यसमा सहभागी हुने परिपाटीको विकास गराउँन जरुरी छ ।
संख्यात्मक रुपमा धेरै जनाले बीमा गरेर बीमाको पहँुच बढाउन जरुरी छ । हालसम्म बीमा बुझेका व्यक्तीले मात्रै धेरै किसिमको बीमा योजनामा सहभागी भएको पाइन्छ । यसको मतलब बीमाका बारेमा बुझेकाले लाभ लिने त्यसमा सहभागी हुने सम्भावना पनि धेरै रहेको छ । त्यसरी बीमामा सहभागीता बढाउने उत्तम उपाय भनेकै युवा वर्गमा बीमाको महत्व बुझाउँने हो ।
हामीले सामान्यतया अन्य क्षेत्रमा पनि युवाले बुझेका ज्ञानहरु अधिकांशलाई बुझाउँन सफल भएका छन् भन्ने छ । अब बीमाको प्राविधिक ज्ञान युवाहरुमा छर्न सकेमा त्यसले व्यवसाय बिस्तार तथा बीमाको आकर्षणमा पनि नयाँ मोड लिने सम्भावना धेरै छ ।
बीमा प्राविधिक विषय भएकाले पनि यसलाई बुझ्न केही मेहनत गर्नुपर्छ । त्यस्तै, बीमाका बारेमा बुझेका जानकारहरुले यसलाई बुझ्न बाँकी रहेकाहरुलाई सघाउन पनि मद्धत गर्नुपर्छ । एकातिर बीमा व्यवसाय हो भने अर्को तर्फ यो सेवा पनि हो । सोही कुरालाई मुल मन्त्र बनाएर कम्पनीहरुले व्यवहारीक रुपमा पनि अघि बढ्नु पर्ने देखिन्छ ।
बीमा ठूलो सानो हुँदैन
कतिपय अवस्थामा बीमालाई रुपियाँसँग तुलना गरेर नै सानो ठूलो भन्ने गरेको पनि पाइन्छ । तर, बीमा भनेको सानो ठूलो हुँदैन । यसलाई हामील सामान्य ढंगमा बुझ्न सक्छौं । जस्तै, कसैले धेरै बीमाशुल्क बुझाएको हुनसक्छ भने कसैले कम बीमाशुल्क बुझाएर बीमा गरेको हुनसक्छ । तर, दुवैले आवश्यकताको हिसाबमा भने बीमा बराबरी महत्वपूर्ण हुन्छ । बीमालाई विगतमा रक्षावरणका रुपमा मात्रै चिनिने गथ्र्यो भने अहिले बीमा भनेको बचतका रुपमा पनि चिनिन थालेको छ ।
बीमितले बोनसकालागि मात्रै बीमा गर्ने पुरानो परिपाटीलाई चिर्न सम्बन्धित निकायले काम गर्नु पर्ने देखिन्छ । अझै पनि बीमाशुल्क तिरेर कुनै पनि जोखिम आएन भने आफ्नो पैसा खेर गएको सम्झने बीमित पनि धेरै छन् । यसमा बीमितको माात्रै गल्ती छैन । बीमालाई केही कारणवस बुझ्न नसक्नु बीमितको कमजारी होला तर बीमाले गरेको रक्षावरणको बारेमा राज्य र नियामकले पनि राम्रोसँग बुझाउँनु पनि त सक्नु पर्छ नि ।
बीमा आर्थिक कारोबार मात्र नभई बीमितको भावनासँग पनि प्रत्यक्ष जोडिने कुरा हो । त्यसैले दाबी भुक्तानी पाउँदा बीमितको आत्मबल बढ्ने र बीमाको सहि प्रचार प्रसार हुने भए पनि दाबी भुक्तानी रोकिदा त्यसको ठिक विपरित बीमा कठिन छ भन्ने धारणा बीमितमा विकास हुनपुग्छ ।
(बीमा दर्पण डटकम :मिरोर अफ इन्स्योरेन्स)
बीमाले पैसा दिएको भन्दा पनि नदिएको घट्नालाई बीमितले गहिरो रुपमा सम्झने गर्छन् । यद्यपी पछिल्लो समय बीमा कम्पनीहरुले दिएका मोटा रकमका दाबी भुक्तानीको नि प्रचार प्रसार बढ्न थालेको छ । दाबी भुक्तानीका प्रचार प्रसार बढ्नु भनेको सम्बन्धित कम्पनीकालागि त राम्रो कुरा हो । त्यसको साथसाथै समग्र बीमा क्षेत्रका लागि पनि यसले सकारात्मक सन्देश पुर्याउँने गर्छ । अझ सबैभन्दा महत्वपूर्ण कुरा त बीमितले आफूले आएको भुक्तानीका बारेमा, उनका आश्रित परिवारले गरेका सकारात्मक संवादले पनि बीमाको महत्वको बारेमा आम नागरिकमा उर्जा थप्ने काम गर्छ । हालसम्म अभिकर्ताहरुले पनि बीमितले इच्छाएर भन्दा पनि बीमितलाई फकाएर नै बीमा गराउँने परिपाटी कायमै छ । अहिले सूचना प्रविधिको युग भएकाले अबका बीमितले भने कम्पनी र प्रोडक्ट छानेर र बुझेर नै बीमा गर्नु अवश्यक छ । त्यसकालागि एउटा बलियो मेरुदण्डको रुपमा पनि हामीले बीमा शिक्षालाई लिन सक्छौं ।
लामो समयसम्म बीमाको अध्ययन गरेका र यसलाई नजिकबाट नियाल्दै आएका जानकाहरुले बीमा जति गहिराईमा गर्यो त्यति नै यसको दायरा फराकिलो हुँदै जाने बताउँछन् । यसको मतलब बीमा सामन्य रुपमा हेर्दा सामान्य जस्तो लाग्छ भने गहिराईमा जाँदा यसका बुझ्नु पर्ने पाटाहरु निकै हुने उनीहरुको अनुभवबाट पनि सहजै बुझ्न सकिन्छ ।
बीमाको महत्व थाहाँ पाएका कतिपय व्यक्तीले यसको प्राविधिक कठिनाईका कारण सामान्य रुपमा कुन कम्पनीमा जीवन बीमा गराउँने हो ? र कुन कम्पनीले निर्जीवन बीमा गराउने भन्ने कुरा थाहाँ नपाएको पाईन्छ । यसको मतलब बीमा आम नागरिक र बीमितको हितकालागि संचालित हो भनिए पनि बीमाको बारेमा सामान्य जानकारी नहुँदा बीमा गराउन अवश्यक भएका नागरिकले पनि बीमाको महत्वलाई ओझेलमा नै देख्ने गर्छन् ।
बीमालाई हालसम्म पनि संख्यामा गन्ने परिपाटी छ । तर, संख्यामा मात्र नभई अब बीमालाई गुणस्तरका आधारमा पनि मापन गर्नु पर्ने जरुरी देखिन्छ । तथ्यांकलाई केलाएर बीमा क्षेत्रले आफ्नो उपलब्धी गन्ने गरेको छ । संख्यामा भन्दा पनि सन्तुष्टीमा बीमालाई हेर्न जरुरी हुन्छ । सन्तुष्टी मापनकालागि अस्त्र यही हो भन्ने अवस्था त छैन तै पनि बीमा गरेर बीमित पाएका प्रतिफल र उनीहरुले दिएका उजूरीको आधारमा पनि बीमा क्षेत्रको अवस्था मापनको आधार बनाउँन सकिन्छ ।
बीमा अन्तर्राष्ट्रिय बजारको आधारमा स्थापित भए पनि यसमा धेरै कुराहरु चाहेर पनि हुबहु पालन गर्न नसकिने अवस्थाहरु छन् । त्यसो भन्दै पालन गर्न सक्ने तरिकाहरु नपअनाउने छुट बीमकहरुलाई हुँदैन । बीमा प्राधिकरणले निती निर्देशनमा बीमा कम्पनीहरुलाई सघाउने देखि कारबाहीसम्म गर्नेगर्छ । बीमाको बारेमा नितीगत र प्रशासनीक जानकारी नपाएका नागरिकले पनि यसको आधारभूत कुराहरु भने थाहाँ पाउँन जरुरी हुन्छ ।
बीमामा जोडिने तिव्र इच्छा नागरिकमा भएको पनि पाउँछौं । तर, बीमालाई राम्रोसँग बुझ्ने अवसर नपाउँदा बीमितले अझै पनि आफ्नो मोवाइल फोनबाट बीमा गराउँने र मोवाइल फोनकै आधार मात्रै बीमाको दाबी भुक्तानी पाउँने अवस्था छैन ।
बीमा समितिले एक क्लिकमा नै बीमा सेवा बीमितले पाउँने सुविधा सम्भव बनाउँन लागि परेको बताउँदै आएको छ । तर, केही प्राविधिक कठिनाईका कारण क्लिकको भरमा बीमांक तुरुन्तै पाउँने व्यवस्था मिलाउन केही कठिन हुने देखिन्छ । बीमितलाई सरल, सहज र छिटो, छरितो बीमा सेवाको प्रदान गर्नकोलागि बीमा बजार अब प्रविधि मैत्री बन्नु आवश्यक देखिएको छ ।
सुरुवाती चरणमा डिजिटल बीमालाई त्यति धेरै समर्थन नगरेका अभिकर्ताहरु पनि अहिले भने प्रविधि मैत्री बन्न तयार देखिएका छन् । बीमा बीमितसँग जोडिने भएकाले यसले हरेक कोणबाट बीमितलाई नै सहज बनाउँन भूमिका खेल्नुपर्छ । बीमाको मुख्य उदेश्य बीमितकालागि नै काम गर्नु भएकाले हरेक क्षेत्रबाट बीमितको सन्तुष्टिलाई मध्यनगर गर्नु जरुरी देखिन्छ ।
हामीले अहिले बीमा बजारको केही अंश यस लेखमा पाउँन सक्छौं । यसले पनि बीमा बजारको केही तिता र मीठा पक्षमा उजागर गरेको छ । तर, मुख्य कुरा भनेको स्तर अनुसार बीमा नबुझेका लागि बीमाको महत्वदेखि यसको गहिराईमा पुगेकाहरुलागि बीमाका प्राविधीक कठिनाई सामाधान गर्ने निष्पक्ष जनशक्तीकै खाँचो पनि छ ।
त्यस्ता समस्या समाधानकालागि सरकारले नै पहिलो चरणमा बीमालाई पढाईको रुपमा विकास गर्न सक्नुपर्छ । बीमाको शैक्षिक विकासपछि नै विद्यालय नजाने नागरिकहरुकोलागि पनि बीमा चेतनाको विकास गर्नु जरुरी छ । त्यसरी नै बीमा क्षेत्रमा ठूलो आशा लिएर आएका बीमितको अवस्था पनि गहन रुपमा अध्ययन गर्न जरुरी हुन्छ । बेला बेलामा जीवन तथा निर्जीवन बीमा गराएका बीमितको प्रतिक्रीया दिने, उनीहरुसँग अन्तरक्रिया गर्ने र त्यसबाट आएका नयाँ योजनालाई कार्यन्वयन गर्ने कामको थालनी गर्नु जरुरी देखिन्छ । यसबाट बजारको पछिल्लो जानकारी बीमा क्षेत्रमा पुग्छ भने बीमितले पाएको सेवामा सुधार हुन जान्छ । यस्तो गर्न सकियो भने बीमा कम्पनी र बीमितको सम्बन्ध पनि निकै सुमधुर हुने देखिन्छ ।
नियामक बीमा प्राधिकरण, बीमक र बीमितको बलियो सम्बन्धले मात्रै बीमा क्षेत्र बलियो बन्ने पक्का छ । अहिले पनि बीमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धाका कुराहरु सुनिने गर्छन् । यसमा समितिले अझै कडाई गर्नुपर्छ । बीमा कम्पनीहरुले नियामकको डरले भन्दा पनि आफ्नो अनुशासनको हिसाबले नियम कानुनको परिधी भित्र रहनु अपरिहार्य हुन्छ ।
अब बीमाले निश्चित क्षेत्र, भूगोल भन्दा बाहिर गएर देशव्यापी रुपमा यसको जानकारी गराउँनु जरुरी भइ सकेको छ । यसको मतलब शहरमा मात्रै बीमा चाहिन्छ भन्ने होइन, बीमा त जोखिम भएको ठाउँ जहाँ पनि जरुरी छ ।
बीमाको सैद्धान्तिक ज्ञान विद्यालय स्तरमा अपरिहार्य छ । त्यस्तै, बीमाको कानुनी पक्षका विषयमा पनि सामान्य नागरिकले जान्नु पर्ने देखिन्छ । अहिले धेरैले बीमाबाट भुक्तानी भने जस्तो पाइन भन्नुको मुख्य कारण पनि यही बीमाको वास्तविकता नजान्दै हो भन्दा फरक नपर्ला । तर, जसले बीमा गरेको छ र यसका विभिन्न आयामहरुको बारेमा जानकारी दिएको छ त्यस्ता नागरिकले बीमाको सकारात्मक पक्ष पनि देखेका छन् । अब जतिसक्दो बीमालाई सरल र सहज बनाउँदै लैजानु पर्ने देखिन्छ । यसकालागि बीमा समितिले अहिले हरेक स्थानिय तहमा बीमाको महत्व बुझाउँन जनचेतना फैल्याउने प्रयास गरि रहेको छ । तर, त्यो प्रायासमा राज्यले पनि सक्रिय भुमिका भने खेल्नु पर्ने देखिन्छ । सबैभन्दा पहिलो चरणमा बीमा क्षेत्रमा विगतमा भएका कमी कमजोरीहरुको अनुसरण गर्ने र नयाँ अभ्यासको थालनी गर्नु पर्ने बेला आएको छ ।
बीमा प्राधिकरणले पनि बीमाका अधिकांश समस्या समाधान गर्न सबैभन्दा पहिला बीमालाई पाठ्यक्रममा समावेश गर्ने र सरकारसँग पनि बीमा गाँस, बाँस, कपासपछिको महत्वपूर्ण अंश भनेर बुझाउनु जरुरी छ ।
(बीमा दर्पण डटकम :मिरोर अफ इन्स्योरेन्स)