

नेपाल लाइफले हस्तान्तरण गर्यो स्मार्ट बोर्ड




काठ्मान्डौ । आज मिति २०८२।०५।१२ गते, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सीइओ प्रवीण रमण पराजुलीद्वारा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथलाई स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ ।
सो बोर्ड ग्रहण कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ग्रहण गरेका हुन ।
साथमा यस का.उ.ट्रा.प्र.का रामशाहपथका प्रहरी कर्मचारी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका पदाधिकारीहरु सहभागी भएका थिए ।