
एनबीएफए र मित्रश्री पाठशाला फाइनलमा

काठमाडौं । एनबीएफए र मित्रश्री पाठशाला पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको यु–१२ ब्वाइजमा सोमबार फाइनलमा प्रवेश गरेका छन् । बूढानीलकण्ठ नगरपालिकाको भंगालस्थित आयोजक भ्याली पब्लिकमा भएको सेमिफाइनलमा एनबीएफएले डाफोडिललाई २–१ गोलले पराजित गर्यो ।
एनबीएफएका आरुष दाहालले २ गोल गरे । डाफोडिलका जेभिसले सान्त्वना गोल गरे । अर्को सेमिफाइनलमा मित्रश्रीले ब्रम्हकुञ्जलाई ३–२ गोलले हरायो । मित्रश्रीका रिसबले २ गोल गरे । अर्को गोल आत्माघाती थियो । ब्रम्हकुञ्जका सत्यम र आयुशले समान १–१ गोल गरे । यु–१६ ब्वाइजमा एलआरआई र निम्स सेमिफाइनलमा पुगे । एलआरआईले डाफोडिललाई ३–० गोलले पाखा लगायो । एलआरआईका आशुतोषले २ तथा दिक्षान्तले १ गोल गरे । निम्सले रिब्सलाई २–० गोलले पाखा लगायो । निम्सका करणले २ गोल गरे ।
यु–१६ गल्र्समा कौस्तुभ एकेडेमी र ब्रम्हकुञ्ज उपाधिका लागि भिड्ने भएका छन् । कौस्तुभले गोल्डेनपिकमाथि २–० को जित दर्ता ग¥यो । कौस्तुभकी मिरा बस्नेत र सुहवीले समान १–१ गोल गरे । ब्रम्हकुञ्जले भ्याली पब्लिकको चुनौती २–० गोलले पन्छायो । विजयी टिमका लागि आशिका र सन्जिराले १–१ गोल गरे ।
यु–१२ ब्वाइजमा ब्रम्हकुञ्ज, यु–१६ ब्वाइजमा रिब्स र यु–१६ गल्र्समा गोल्डेनपिक तेश्रो बने । ब्रम्हकुञ्जले डाफोडिललाई टाइब्रेकरमा २–१, रिब्सले डाफोडिललाई ५–२ र गोल्डेनपिकले भ्याली पब्लिकलाई १–० गोलले पराजित गरे । फाइनल मंगलबार हुनेछ ।

