

बाजेको सेकुवाले आईपीओ जारी गर्ने




काठमाडौं । बाजेको सेकुवा कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्नको लागि कम्पनीले विशेष प्रस्तावमा छलफल गर्न सोह्रौं वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो असोज २ गते बत्तिसपुतलीस्थित रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।
उक्त सभाले आईपीओ निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, अन्य कम्पनीसँग मर्जर तथा डीडीए गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावमा छलफल गर्नेछ।
यसैगरी, गत आवको वित्तीय विवरणहरूमा पनि छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।