

कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त




काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिमा अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको अध्यक्ष बन्नेगरी उनलाई अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेको थियो ।
अर्थमन्त्रालयले सञ्चालक नियुक्त गरेपछि बैंक सञ्चालक समितिको बुधबार बिहान बसेको बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो । पौडेलले यस अघि नेपाल बायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी सम्हालिसकेका छन् । पौडेलसँग राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरुमा काम गरेको दुई दशक भन्दा लामो अनुभव छ ।