

सेयर बजार २१.३० अंकले बढ्यो, कारोबार रकममा भने गिरावट




काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार बढेको छ । पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको सेयर बजार सोमबार भने बढेको हो ।
सोमबार सेयर बजार मापक नेप्से परिसूचक २१.३० अंक बढेर २७६१.२६ विन्दुमा पुगेको छ। सोमबार सेन्सेटिभ इण्डेक्स ३.१८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंक बढेको छ ।
सोमबार सेयर बजार बढेको भएता पनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार साढे ६ अर्ब रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा सोमबार ५ अर्ब ७५ करोड ३२ लाख १९ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ । बाँकी २ उपसमूहको परिसूचक घटेको छ। सोमबार कारोबारमा आएको दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज नारायणी डेभलपमेन्ट बैंक र विकाश हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।