

मुक्तिनाथ विकास बैंकको मुनाफा १ अर्ब ५३ करोड




काठमाडौँ । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा साढे १ अर्ब माथि रहेको हो ।
गत आर्थिक वर्षमा कम्पनीले आफ्नो नाफा ३०.७० प्रतिशतले बढाएर १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ पुराएको छ । अघिल्लो आर्थिक वर्षमा भने बैंकको नाफा १ अर्ब १७ करोड रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५० प्रतिशतले बढेर ४ अर्ब ५५ करोठ ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा भने बैंकको उक्त आम्दानी ४ अर्ब २३ करोड रुपैयाँ रहेको थियो ।
अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७० करोड ८४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको मुक्तिनाथले गत आर्थिक वर्षमा बढाएर २ अर्ब २३ करोड रुपैयाँ पुराएको हो ।
बैंकको खराब कर्जा भने केहि बढेको छ । अघिल्लो आर्थिक वर्षमा २.३७ प्रतिशत रहेको बैंकको खराब कर्जा गत आर्थिक वर्षमा सामान्य बढेर २.७५ प्रतिशत पुगेको छ ।
यसअवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४६ करोड २५ लाख रुपैयाँ रहेको छ । बैंकले लगानीकर्तालाई २०.७५ प्रतिशत लाभांश दिन सक्ने देखिएको छ ।
बैंकको चुक्तापूँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ र जगेडा कोष सञ्चिति २० करोड ५ लाख रुपैयाँ रहेको छ ।
यता, बैंकको प्रतिशेयर आम्दानी २१.८२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६९.९५ रुपैयाँ रहेको छ।