

लक्ष्मी सनराइज र माछापुच्छ्रेले डिबेञ्चर २०९२ नामक ऋणपत्रमा गरे हस्ताक्षर




काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा लक्ष्मी सन्राइज बैंक लिमिटेड बिच “७% लक्ष्मी सन्राइज डिबेञ्चर २०९२” नामक ऋणपत्र सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकका साथै डिबेञ्चर ट्रष्टि सेवा प्रदान गर्न आज मिति २०८२/०४/२९ गतेका दिन सम्झौता पत्रमा हस्ताक्षर गरीएको छ ।
लक्ष्मी सन्राइज बैंक लिमिटेडले कुल ३०,००,००० कित्ताको प्रति डिबेञ्चर अंकित मुल्य रु.१०००/ का दरले हुन आउने रकम रु.३,००,००,००,०००/— (अक्षरेपी तीन अर्ब मात्र) बराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्नका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ ।
सम्झौता समारोहमा निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी लक्ष्मी सन्राइज बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्तीय अधिकृत पियूष राज अर्यालद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दैै आईरहेको छ ।