

महाकालीमा पानीको बहाव बढ्यो, शारदा ब्यारेजमा चारपांग्रे गाडीलाई रोक




काठमाडौं । कञ्चनपुरको महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपांग्रे गाडीलाई रोक लगाइएको छ।
लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपांग्रे गाडीलाई आवतजावत गर्न रोक लगाइएको हो।
सामान्यतया महाकालीमा पानीको बहाव एक लाख क्यूसेक पुगेपछि चारप्रांग्रे गाडीलाई आवतजावतमा रोक लगाइने गरिन्छ। अहिले महाकालीमा पानीको बहावले एक लाख क्यूसेक नाघेकाले चारपांग्रे गाडीलाई रोक लगाइएको हो।
कोशी ब्यारेजमा पनि पानीको बहाव बढेसँगै दुई दर्जनभन्दा बढी ढोका खोलिएको छ भने सतर्क रहन रातो बत्ती बालिएको छ।