
छठ पूजाको तयारी हुँदै:छट्टी मैँयाले पारिवारीक सुख दिलाउँने धार्मिक विश्वास



काठमाडौं। आज छठ पूजा । हिन्दु नेपालीहरुको तेस्रो ठूलो चाडको रुपमा पनि छठलाई लिने गरिन्छ । सबैभन्दा पहिला बिजया दशमीको आगमनसँगै, दिपावली अनि छठ पर्व क्रमश भित्रिने गर्छ।
विगतका वर्षहरुमा मधेश (तराई) भेगमा मुख्य प्राथमिकता दिएर मनाईने सो पर्व अहिले राजधानी काठमाडौंमा समेत धुमधामका साथ मनाइने गरेको छ । भनाईको मतलब राजधानीमा पनि छठ पर्व मनाउने भक्तजनहरुको घुईंचो देख्न सकिन्छ।
साँझको बेलामा छ्ठठी मैयाँलाई सम्झेर पूजा, आरधना गर्दा धेरै किसिमका शुभ फलहरु मिल्ने धार्मिक मान्यता रहदै आएको छ । छठ पर्व अन्य पर्व जस्तो घरमा मात्र नभई खोला किनारामा गएर, माताको लागि मन्दिर बनाएर मनाउँने गरिन्छ।
छठ माताको पूजा गर्नाले प्रकृतिसँग मानिसको सम्बन्ध सुधार हुँनेदेखि, सन्तानप्राप्ति, भएका सन्तानहरुको सुख, समृद्धी तथा धन, दौलत आर्जन हुने विश्वास गरिन्छ।
पछिल्लो वैदेशिक रोजगारी तथा अध्ययनको शिलशिलामा धेरै जना नेपालीहरु विदेशमा रहेका कारण पनि विभिन्न देशहरुमा पनि नेपालीपन सहितका छठ पूजा गरेको दृश्यहरु देख्न सकिन्छ ।
छठकै अवसरमा विभिन्न परिकारहरु बनाउने, ठेकुवा लगाएका खानेकुरा प्रसादका रुपमा ग्रहण गर्नेदेखि भक्तजनहरुले छठमैयाँको पूजास्थलदेखि आफ्नो घरसम्म हातको बित्ताले नापे जस्तो आफ्नो शरिरले भूँई नछोडी घरसम्म घिस्रदै पुग्ने गरेको पनि पाइन्छ । यो पनि छठ विषेश एक किसिमको व्रतको रुपमा पर्ने गर्छ।
अहिले तराईका विभिन्न गाउँ शहरमा छठ पूजाको लागि श्रद्धापूर्वक श्रीगांर गरिरहेको अवस्था छ । अस्ताउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पूजा पूरा भएको मानिने विश्वास रहदै आएको छ ।



