

बझाङको बउलीगाड खोलाले नाघ्यो सतर्कता तह




काठमाडौं । बझाङ जिल्लाको बउलीगाढ खोलाले सतर्कता तह पार गरेसँगै बाढी र पहिरोको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
बउलीगाढ खोलाको लागि सतर्कता तह २ मिटर तोकिएकोमा अहिले जलसतह २.१७ मिटर पुगेको छ। महाशाखाले चेतावनी जारी गर्दै सतर्क रहन आग्रह गरेको छ।
खासगरी नदी तटीय क्षेत्रमा बाढीको र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको महाशाखाले औंंल्याएको छ।