नेप्से परिसूचकमा १.८८ अंकको गिरावट
काठमाडौं । साताको चौथौं दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घट्न पुगेको छ । बुधबार नेप्से परिसूचक १.८८ अंकले घटेको हो ।
शेयर बजारमा आज पाँच अर्ब २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बजार घटेको दिन तीन सय २० कम्पनीले कारोबार गरेका छन् ।
हिजो शेयर बजारमा चार अर्ब २० करोड रुपैयाँको मात्रै कारोबार भएको थियो ।