

बीमा प्राधिकरणका अध्यक्ष ओझाको मुद्दा सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलाशमा




काठमाडौं । सरकारले कानुन विपरीत पदबाट निलम्बन गरेको तथा छानबिन समिति गठन गरेको भन्दै सर्वोच्च अदालतमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले दायर गरेको रिट न्यायाधीशहरु सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलाशमा परेको छ ।
आफैंले योग्य भनेर नियुक्त गरेका ओझालाई प्रधानमन्त्री केपी शर्मा ओलीले चार महिनामा नै हटाउने उद्देश्यले समिति गठन गरेका थिए । उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित छानबिन समितिको सदस्यमा कपिल ओली र जीवन सिटौला छन् ।
सरकारले गठन गरेको समितिविरुद्ध ओझा अदालत गएका हुन् ।