ह्वाइट लोटस पावरको आईपिओ आउँदै
काठमाडौँ । ह्वाइट लोटस पावर लिमिटेडको आईपीओ आउँने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्ने उदेश्य सहित साधारण सभा गर्ने भएको हो ।
यही आउँने मंसिर ११ मा कम्पनीले राजधानीस्थित शिखर बिज सेन्टरमा सभा गर्ने छ । सभा चार बजेलाई तोकिएको छ ।
साधारण सभामा अधिकृत पूँजी र जारी पूँजी वृद्धि गर्ने प्रस्ताव पेस हुनेछ । त्यस्तै, लगानी गर्ने ,सञ्चालक नियुक्तीका प्रस्ताव पनि सभामा जानेछ।
हाल ह्वाइट लोटस पावरले जारी पूँजीको २६ प्रतिशतका दरले फेस भ्यालुमा १२ लाख कित्ता साधारण सेयर जारी गर्नेछ । शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुमा लक्षित गरेर ल्याउँन लागिएको कम्पनीले जनाएको छ भने नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।