

दशरथ रंगशाला साँघुरो भयो, भक्तपुर सूर्यविनायकमा आधुनिक रंगशाला बनाउँछौं : प्रधानमन्त्री ओली




काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दशरथ रंगशाला साघुँरो बन्दै गएको र आफूहरुले अर्को ठूलो रंगशाला बनाउँने तयारी गरेको बताएका छन् । उनले भक्तपुरस्थित सूर्यविनायकमा आधुनिक रंगशाला बनाउने सामाजिक संजाल मार्फत जनाएका हुन् ।
सोही क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रमा दायरा फराकिलो हुँदै गएको र सोही कारण रंगशालाको आकार बढाउनु पर्ने समेत खुलाएका छन् ।
यस्तो छ प्रधानमन्त्री ओलीको लेख :
खेल क्षेत्रको हाम्रो दायरा फराकिलो हुँदैगर्दा दशरथ रंगशाला हामीलाई साँघुरो भएको छ। अब हामी भक्तपुर सूर्यविनायकमा आधुनिक रंगशाला बनाउँदै छौं। आज त्यस विषयमा सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघका पदाधिकारीहरुसँग छलफल गरिएको छ। सूर्यविनायकको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशालाका लागि जग्गा प्राप्ति लगायत विषयमा महत्त्वपूर्ण कुराकानी भएको छ।