

एनआरएनए जापानको अध्यक्ष बने सुभाष लामिछाने




काठमाडौं । गैर आवासीय नेपाली संघ जापान को अध्यक्ष पदमा सुभाष लामिछाने निर्वाचित भएको खबर छ। उनी अध्यक्षमा निर्वाचित भएको बताइएको हो।
यता, बरिष्ठ उपाध्यक्ष टिकाराम खरेल, उपाध्यक्षहरुमा क्रमशः मुक्तिराम खनाल, दिलिप कंडेल र दिपक सुनार निर्वाचित भएका छन् ।
क्षेत्रीय उपाध्यक्षमा बिष्णु प्रसाद सुवेदी, महासचिवमा श्याम शीतल, सचिवमा नेत्र प्रसाद पाण्डे र दिल्ली प्रसाद सापकोटा (बिष्णु) निर्वाचित भएका छन् ।
निर्वाचनमा क्षेत्रीय सचिवमा सागर कार्की र कोषाध्यक्षमा मुक्तिराज रेग्मी, सह–कोषाध्यक्षमा रामु कंडेल, क्षेत्रीय सह–कोषाध्यक्षमा सन्दीप जिसी, युवा संयोजकमा दिपक बुर्जा मगर निर्वाचित भएका छन् ।