

सिजी ब्रुअरी ९ महिनामा २ अर्ब २१ करोडको व्यावसाय गर्न सफल




काठमाडौँ । चौधरी समूहद्धारा संचालित सिजी ब्रुअरी नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२–८३ मा २ अर्ब २१ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गर्न सफल भएको छ। उसले सोही रकम बराबरको व्यावसाय गर्न सफल भएको तथ्यांकले देखिएको हो।
यता, सोही कम्पनीले सन् ३ अर्ब ९१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको बेलामा समिक्षा अवधिपछिको वर्ष सन् २०२२ मा कम्पनीले ४ अर्ब ५४ करोड ४१ लाख रुपैयाँको व्यापार गरेको देखिन्छ। यस पछिका वर्षमा कम्पनीको व्यापार क्रमशः घटेको छ । सन् २०२३ मा कम्पनीले ३ अर्ब ५ करोड १० लाख रुपैयाँ मात्र व्यापार गरेको छ भने सन् २०२४ मा कम्पनी २ अर्ब ६६ करोड ७० लाख रुपैयाँ मात्र व्यापार गरेको तथ्यांकमा देखिएको हो।
त्यसरी नै सन् २०१४ मा २।४ प्रतिशत ऋणात्मक रहेको यस कम्पनीको सञ्चालन मुनाफा ओबिड्टा/ओआई भने सन् २०२५ को ९ महिनासम्म सामान्य सुधार भएको बेलामा गत आवको ९ महिनासम्म यस कम्पनीको यस्तो मुनाफा २.४ प्रतिशत पुगेको छ । सन् २०२३ मा पनि कम्पनीको यस्तो मुनाफा ३ प्रतिशतले ऋणात्मक रहेको देखिन्छ।
साथै, सन् २०२२ मा कम्पनीको यस्तो मुनाफा ११.८ प्रतिशत र सन् २०२१ मा २०.५ प्रतिशत रहेको थियो । यस कम्पनीले अल्पकालीन ऋणको लागि १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणको रेटिङ गराएको हो।
सन् १९९३ मा गोल्ड ब्रुअरीको नाममा स्थापना भएको सिजी ब्रुअरी नेपाल चौधरी समूहको बियर उत्पादन गर्ने इकाई हो भने सो कम्पनीको वार्षिक ५ लाख ८५ हजार हेक्टोलिटर बियर उत्पादन गर्ने क्षमता रहेको पाइन्छ । सोही कम्पनीले नेपाल आइस, रियल गोल्ड र मुस्ताङ जस्ता चर्चित ब्रान्डहरू बिक्री गर्दै आएको अवस्था छ ।