

यसवर्ष सबैभन्दा बढी नयाँ उद्योग दर्ता भएको प्रधानमन्त्री ओलीको भनाई




काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसबर्ष हालसम्मकै उच्च ७ सय नयाँ उद्योग दर्ता भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले यसअघिका २० वर्षमा वार्षिक सरदर तीन सय वटा उद्योग दर्ता हुने गरेको रेकर्ड रहेको उल्लेख गर्दै धेरै उद्योग दर्ता भएपछि पूँजी परिचालनमा सुधार ल्याउने बताए ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘यसवर्ष सात सय वटा नयाँ उद्योग दर्ता भएका छन्, जुन हालसम्मकै उच्च संख्या हो । यसअघिका २० वर्षमा वार्षिक सरदर तीन सय वटा उद्योग दर्ता हुने गरेको रेकर्ड छ।
यसले पूँजी परिचालनमा सुधार ल्याउने छ । ०४६ सालको परिवर्तन पछिको पहिलो वर्षमा खुला आर्थिक गतिविधि बढेपछि उद्योग दर्ता यस्तै बढेको थियो । अहिले सरकारले उद्यम र लगानीलाई प्रवर्द्धन गर्नेगरी कानुन संशोधन गरेपछि उद्योग दर्ताको संख्या बढेको हो ।’