निफ्राको लाभांश शून्य,शेयरधनीको हात खाली
काठमाडौं । संचालनमा आएको सुरुवाती वर्षमा निकै राम्रो चर्चा बटुल्न सफल नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले यसपाली शेयरधनीहरुको हात खाली बनाउँने भएको छ । बैंकले गरेको निर्णय अनुसार अहिलेको पाली लगानीकर्ताहरुले कुनै पनि प्रतिफल नपाउँने भएका हुन् ।
बैंकको संचालक समितिले त्यस्तो निर्णय गरिकेको अवस्थामा उसको लाभांश क्षमता माथि भने केही प्रश्न उठेका छन् । प्रश्न उठ्नु अर्थपूर्ण पनि यसकारण देखिन्छ कि उसले लभांश दिन सक्ने क्षमता बनाइसकेको अवस्था छ । सोही कारण लाभांश दिन असक्षम रहेर भन्दा पनि करिब पौने अर्ब रुपैयाँ बराबरको लाभांश क्षमता रहेकै अवस्थामा पनि शेयरनीहरुको हात किन खाली गरियो ? भन्ने विषयमा अहिले बजारमा चर्चा चल्न सुरु भएकोे हो ।
खासमा निफ्रा आफैले अन्य बैंक जस्तो डिपोटिल गर्ने ऋण प्रवाह गर्ने वा व्याज आम्दानीमा मात्रै सिमित हुने भन्दा पनि देशका ठूला आयोजना निर्माण गर्नेदेखि भौतिकपूवार्धार र राष्ट्रिय गौरवका आयोजनाहरुमा धमाधम लगानी गर्नेछ । देशमा रोजगारीको सिर्जना गर्नेछ । सरकारको समेत सहयोग रहेको बैकले पब्लिकलाई निराश भन्दा पनि आशावादी तर्फ केन्द्रित गर्नेछ भन्ने अपेक्षा गरिदै आएको छ ।