

डिशहोमले हप्तामा १४ जनालाई ३६५ दिने इन्टरनेट निशुल्क दिने




काठमाडौं । अहिले डिशहोमले ग्राहकलाई लक्षित गर्दै ‘खुशीको बोनस–३६५ दिन नै बोनस’ योजना सार्वजनिक गरेको अवस्था छ। सो योजनामा वार्षिक नयाँ इन्टरनेट जोड्ने वा रिचार्ज गर्नेमध्येबाट हरेक हप्ता १४ जनाले सित्तैमा ३६५ दिनको इन्टरनेट सेवा पाउने भएका हुन्।
यता, त्यसरी १४ जना विजेतामध्ये १० जना वार्षिक नयाँ इन्टरनेट जडान गर्नेमध्येबाट र बाँकी ४ जना हालका वार्षिक रिचार्ज गर्ने ग्राहकमध्येबाट चुनिने डिशहोमले बताएको छ।
त्यस्तै, विजेताको घोषणा हरेक हप्ता शुक्रबार साँझ ५ बजे नत्र आइतबार साँझ ५ बजे हुने डिशहोमले जानकारी दिएको बेलामा रिचार्जका लागि खल्ती, ईसेवा वा माईडिशहोम एप प्रयोग गर्न सकिने बताइएको छ।
साथै, डिशहोमको उपलब्ध वार्षिक प्योकजमा १०० एमबीपीएसका लागि ८ हजार ५०० रुपैयाँ, २०० एमबीपीएसका लागि ११ हजार ५०० रुपैयाँ र ३०० एमबीपीएसका लागि १३ हजार ५५० रुपैयाँ भ्याट सहित वार्षिक रकम लाग्नेछ। नयाँ जडानका लागि भ्याटसहित थप १ हजार १३० रुपैयाँ लाग्ने जनाएको हो।