

रसुवामा आएको बाढीमा निर्जीवन बीमा कम्पनीलाई २८ करोड ९२ लाखको बीमा दाबी




काठमाडौं । केही दिन यता रसुवामा आएको बाढीमा निर्जीवन बीमा कम्पनीहरुलाई ठूलो मात्रामा जोखिम भार थपिाएको छ । प्राप्त तथ्यांक अनुसार उनीहरुलाई असार २३ गते रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढिका कारण भएको क्षतिपछि २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बीमा दाबी परेको हो।
यता, बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अनुसार साउन १ गतेसम्म उक्त रकमको बीमा दाबी परेको अवस्था छ।
साथै, यस पटक ९ कम्पनीमा ६३ वटा दाबी परेको बेलामा साउन १ गतेसम्म सामुद्रिक बीमा, इन्जिनियरिङ तथा ठेकेदार जोखिम, सम्पत्ति बीमा, मोटर बीमा तर्फ सार्वजनिक र निजी तर्फ उक्त दाबी गरेको अवस्था छ ।
यस्तो छ सबै कम्पनीहरुलाई परेको दाबीको अवस्था