समता लघुवित्तले एफपीओ जारी गर्दै, इच्छुकले आवेदन दिन सक्ने
काठमाडौं । समता घरेलु लघुवित्तले सर्वसाधारणलाई लक्षित गर्दै एफपीओ जारी गर्ने निर्णय गरेको छ। सो एफपिओको लागि आजैबाट आवेदन दिन सकिने जनाइएको हो ।
यता कम्पनीबाट प्राप्त जानकारी अनुसार तीन लाख ५० हजार ९०४ कित्ता एफपीओ जारी हुनेछ भने सर्वसाधारणहरुले कात्तिक २० सम्म बुझाएको आवेदन सदर हुनेछ । तीन करोड ५० लाख ९० हजार चार सय २५ रुपैयाँ रकम जम्मा गर्ने लक्ष्य सहित जारी गरीएको सो एफपिओमा कम्त्तीमा १० देखि अधिकतम एक हजार कित्तासम्म आवेदन मिल्ने व्यवस्था छ।
साथै, सो एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल रहेको जनाएको छ।