

नेप्सेमा उछाल




काठमाडौं । चालु आर्थिक वर्षको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । चालु आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उछाल आएको हो ।
बजारमा ७५.८४ अंकले बढेर परिसूचक २८७०.६३ बिन्दु कायम भएको छ । करिब एक वर्षपछि नेप्से परिसूचकले २८७०.६३ बिन्दु कायम भएको छ । बजार २०८१ साउन २८ गते २९३१ बिन्दुमा रहेको थियो । त्यसपछि घटेको परिसूचक साढे २४ सयको बिन्दुमा झरेको थियो । अहिले बढेर २८७० बिन्दुमा पुगेको छ ।
यस्तै कारोबार रकम आज १६ अर्ब ५९ करोड २१ लाख ५ हजार ४५५ रुपैयाँ पुगेको छ । यो करिब साढे ११ महिना पछिको धेरै हो ।
गत साउन १७ गते २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रुपैयाँको कारोबार भएको थियो । त्यसपछि कारोबार रकम समेत घटेको थियो । अहिले भने बजारमा कारोबार रकम बढेको छ । साउन १ गते ३११ कम्पनीको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर कारोबार भएको छ ।
कारोबारमा ९ कम्पनीको सेयर मूल्य घटेको छ भने २३९ कम्पनीको सेयर मूल्य बढेको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । आज ट्रेड टावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ । शुभम पावर, थ्रिस्टार हाइड्रोपावर कम्पनीको मूल्य सकारात्मक सर्किट तहमा बढेको छ ।