

दोर्दी खोलाले फेस भ्यालूमा सेयर बेच्दै




काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले सेयर ब्रिकी गर्ने भएको छ । उसले सर्वसाधारण समूहतर्फको लकइनमा नरहेको ९३ हजार ६२९ कित्ता अवितरित हकप्रद सेयर बेच्ने भएको हो।
सोही कम्पनीले यसअघि १ बराबर १ को अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । उसको १९ लाख ४६ हजार ६७६ कित्ता शेयर बाँडफाँडपछि बाँकी रहेको थियो।
सोही सेयर कम्पनीले जेठ ११ देखि जेठ २० गतेसम्म लिलामी प्रक्रियाद्वारा बिक्री खुला गरेकोमा ९३ हजार ६२९ कित्ता अझै बाँकी बसेकोमा कम्पनीले अहिले सोही शेयर बिक्री गर्न लागेको हो। त्यसबेला लिलाम शेयर बाँडफाँड गर्दा लकइनमा नरहेको शेयरको अन्तिम मूल्य कट अफ प्राइस २७० रुपैयाँ कायम भएको थियो।
साथै, हाल कम्पनीले बिक्री गर्न लागेको शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसमा इच्छुक जोकोहीले पनि आवेदन दिन सक्नेछन्। आवेदन भोलि असार २४ गतेदेखि असार ३२ गतेभित्र दिइसक्नु पर्ने र आवेदन दिंदा घटीमा १०० कित्ताका लागि दिनुपर्नेछ भने बढीमा सम्पूर्ण कित्ताका लागि पनि दिन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
यता, आवेदन फाराम बिक्री प्रबन्धक समेत रहेको सानिमा क्यापिटलको मुख्य कार्यालय नक्साल तथा सानिमा बैंकको विराटनगर, विर्तामोड, वीरगंज, जनकपुर, भरतपुर, हेटौंडा, पोखरा न्यूरोड, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी महेन्द्रनगर शाखा कार्यालय र गरिमा विकास बैंकको बाग्लुङ्ग कार्यालयमा पाइने बताइएको हो ।