

रिलायबल नेपाल लाइफको सीईओमा दोहोरिए लोहनी




काठमाडौँ ।मर्जमा नगएको बीमकमा पर्ने रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सीईओमा नारायण बाबु लोहनी दोहोरिएका छन् ।
उनलाई कम्पनीको सञ्चालक समितिको १५५ औं बैठकले दोहोराएको हो । त्यस्तै, असार १९ गते बसेको बैठकले लोहनीलाई आउने चार वर्षको लागि पुनः सीईओमा नियुक्त गरेको बेलामा उनी आउने चार वर्षसम्म सोही कम्पनीको नेत्तृत्व गर्न थप सक्षम भएका हुन् ।
सो जानकारी रिलायवल नेपाल लाइफका कम्पनी सचिव माधव राज शर्मा पोख्रेलले दिएका हुन् ।