

प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम बाँडफाँड




काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले गत जेठ २३ देखि असार ३ गतेसम्म निष्कासन गरेको खुलामुखी योजना ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ असार १७ गते बाँडफाँड गरेको छ।
यस योजनामा प्रति इकाई १० रुपैयाँका दरले ४ करोड इकाई निष्कासनमा आएको थियो। जसमध्ये ३०–३० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेड र योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरी २ करोड ५० लाख इकाई सर्वसाधारणमा निष्कासन गरिएको थियो।
यसमा मागभन्दा बढी आवेदन परेकाले योग्य आवेदकलाई बिजपूँजी सहित इकाई बाँडफाँड गरिएको प्रभु क्यापिटल लिमिटेडले जानकारी दिएको छ।